मनहरी– माघ ५ गते । यहि माघ ६ गते बिहिबारबाट मनहरी गाउँपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मोर्डनाको दोस्रो मात्रा लगाइने भएको छ ।

१२ वर्ष भन्दा माथि र १७ वर्ष सम्मकालाई यहि माघ ६ गते बाट मोर्डनाको दोस्रो मात्रा लगाउने भएको हो । विद्यायल उमेरका बालबालिकाहरुलाई मोर्डना विरुद्धको पहिलो मात्रा मनहरी गाउँपालिकाका सबै सामुदायिक तथा निजि विद्यालयहरुमा पुगेर लगाइएको
थियो ।

कोरोनाको तेस्रो भेरियन्ट देखापरेपछि हाल विद्यालयहरु बन्द रहेको अवस्थामा विद्यालयले समन्वय गरेको अवस्थामा स्वास्थ्यकर्मी विद्यालयमै पुगेर खोप लगाइने मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यदि विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीहरुको हकमा स्वास्थ्य संस्थाले सञ्चालन गरेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने पनि गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उक्त उमेर समुहका व्यक्तिहरुले पहिलो मात्राको खोप नलगाएको भए पहिलो मात्रा खोप दिइने स्वास्थ्य शाखाले जनाएको छ । कोरोना विरुद्धको खोप नै सबै भन्दा ठुलो हतियार भएकोले सबै जनाले खोप लगाउन मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले अनुरोध गर्नुभएको छ ।

खोप अभियानलाई निरन्तरता दिइरहदा मनहरी अस्पतालले कर्मचारी व्यवस्थापनमा ठुलो चुनौती खेप्नु परेको छ । मनहरी अस्पतालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि ओपिडि सेवा बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here