मनहरी–माघ ०४ गते । राक्सिराङ गाउपालिकाले माघ २१ गते देखी पालिकाको सबै सेवा लिन तथा पालिका प्रबेशमा अनिवार्य कोभिड खोप कार्ड साथमा लिएको हुनुपर्ने निर्णय गरेको छ ।

साथै गाउँपालिकाले ३ दिने खोप अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ । खोप अभियान सञ्चालनमा जनप्रतिनिधी देखी आमा समुह र महिला समुह परिचालन गर्ने निर्णय गरेको छ ।

राक्सिराङ गाउपालिकाले कोरोनाको तेश्रो लहर ओमिक्रोनको संक्रमण बाट बच्नकोलागी बिभिन्न चरणमा गरी खोप सञ्चालन गर्ने भएको
हो । माघ ४ गते बसेको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको राक्सिराङ गाउपालिका अध्यक्ष राजाकुमार मल्लले बताउनुभयो ।

खोप अभियानमा पालिकाका सबै शाखा प्रमुख, राजनितीक दलका प्रतिनिधि, सामुदायिक बिधालयका शिक्षक, आमा समुह, महिला समुह लगायतका सबै सचेत नागरिकलाई कोरोना रोकथामको लागि यो अभियानमा सहभागी हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

जनप्रतिनिधी, बिभिन्न दलको प्रतिनिधि र पालिकाको बिभिन्न शाखाको कर्मचारी सहभागी रहेको बैठकले खोपको पहिलो चरणमा यही माघ ७, ८ र ९ गते ५ ,६, ४ र ९ नम्बर वडामा खोप अभियान सञ्चालन गर्ने १० गते समिक्षा, ११ गतेबाट मोबाईल टोली परिचालन, त्यस्तै गरी १५ गते सम्म वडामा खोप लगाईसक्ने निर्णय गरेको छ ।

माघ २१ गते बाट बिना खोप कार्ड पालिका प्रबेस तथा पालिका तथा वडाको सबै सेवा लिन कार्ड अनिबार्य गर्ने गरी तयारी संगै पालिकाको सबै वडामा यसै अनुसार परीपत्र गरिएको गाउपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here