Doctor giving a senior woman a vaccination. Virus protection. COVID-2019.

मनहरी–माघ ०३ गते । मनहरी गाउँपालिमा कोरोना विरुद्धको खोप अभियानको दोस्रो दिन १६ सय ९९ जनाले खोप लगाएका छन् ।

जसमध्ये ८०६ जना महिला र ८९३ जना पुरुष रहेका छन् । खोप अभियानको पहिलो दिन १३ सय ६४ जनाले खोप लगाएका थिए ।

दोस्रो दिनको खोप अभियान अन्तर्गत वडा नम्बर १ मा ४५ जना, २ मा ७० जना, ३ मा १८० जना, ४ मा २२५ जना, ५ मा १६९ जना, ६ मा १८६ जना, ७ मा ४१७ जना, ८ मा २०३ र ९ नम्बर वडामा २०४ गरी १६९९ जनाले खोप लगाएका हुन् ।

दोस्रो दिन भने खोप लगाउनेको संख्यामा वृद्धि भएको हो । खोप अभियानको पहिलो र दोस्रो दिन गरी ३ हजार ६३ जनाले खोप लगाएका छन् ।

त्यस्तै सोमबार मनहरी गाउँपालिका ३४ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना महिला र ८ जना पुरुष गरी १९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणकै कारण हाल मनहरी अस्पतालको ओपिडि सेवा बन्द रहेको छ । मनहरी हस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि मनहरी गाउँपालिकाले १ हप्ताको लागि ओपिडि सेवा बन्द गर्ने सुचना प्रकाशन गरेको थियो ।

सोही अनुरुप यहि माघ ६ गतेबाट ओपिडि सेवा सुचारु हुने मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइटेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here