माघ–०२ गते । मनहरी गाउँपालिकाले सञ्चालन गरेको कोरोना विरुद्धको खोप अभियानले प्रभावकारीता पाएको छ । मनहरी गाउँपालिकामा कोरोना विरुद्धको खोप लगाउने संख्या न्युन रहेकोमा खोप अभियानको पहिलो दिन उत्साहजनक उपस्थिती देखिएको छ ।

खोप अभियनको पहिलो दिन आइतबार गाउँपालिका भरी १३ सय ६४ जनाले खोप लगाएका छन् । जसमध्य ६ सय ८८ जना महिला र ६ सय ७६ जना पुरुषले खोप लगाएको मनहरी कोभिड अस्पतालका व्यवस्थाकप ज्योतिराज लुइटेलले बताउनुभयो ।

त्यसमध्य पनि १२ सय ४२ जनाले भेरोसिलको पहिला मात्रा लगाएका छन् । पहिलो मात्राको खोप लगाउने मध्य ६ सय ३६ महिला र ६ सय ६ जना पुरुष रहेका छन् । त्यस्तैगरी भेरोसिलको दोस्रो मात्राको खोप १०० जनाले लगाएका छन् ।

जसमध्य ४४ जना महिला र ५६ जना पुरुष रहेको छन् । पहिलो दिनको खोप अभियानमा ५ जना पुरुषले जोनसोन एण्ड जोनसोनको खोप लगाएका छन् । त्यस्तैगरी एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउनेमा ८ जना महिला र ९ जना पुरुष गरी १७ जनाले खोप लगाएको व्यवस्थापक लुइटेलले बताउनुभयो ।

खोप अभियान आइतबार, सोमबार र मंगलबार गरी ३ दिन सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here