माघ–१ गते । शनिबार मनहरी गाउँपालिका बाल सञ्जालले २ वटा वाल विवाह रोकेको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ मा माघ २ गते हुने भनि तय गरिएको विवाह रोकिएको हो ।

विवाह गर्न लागेको केटिको उमेर २० वर्ष नपुगेको भन्दै विवाह रोकिएको हो । मनहरी गाउँपालिका बालमैत्री गाउपालिका घोषणा भइसकेपछि बाल सञ्जालले बाल विवाहलाई रोक्दै आइरहेको छ ।

बाल विवाह रोक्नको लागि गाउँपालिकाको बाल सञ्जालले महत्वपुर्ण भुमिका खेलिरहेको छ । शनिबार वडा नम्बर ८ का २ विवाह उमेर नपुगेकै कारण रोकिएको हो । एउटा विवाह भने भागी विवाह गरेको पाइएको छ ।

भागी विवाह गरेर आउने किशोरीको उमेर नपुगेपछि किशोरीलाई आफ्नै घरमा फर्काइएको मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिल बहादुर स्याङ्तानले बताउनुभयो ।

उक्त उमेर नपुगी हुन लागेको विवाह र भागेर गरिएको गरी २ विवाह बालसञ्जालका पदाधिकारीहरुको टोलिले रोकेको हो । त्यस्तै बाल विवाह रोक्न सिविन नेपालका सहजकर्ता र बाल सञ्जालको नेतृत्वमा वडा नम्बर ८ का वडा अध्यक्ष दिल बहादुर स्याङ्तानको रोहबरमा रोकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here