नहरी–माघ १ गते । मनहरी गाउँपालिकाले आफू मातहतका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत कोभिड बिरुद्धको खोप अभियान माघ २ गतेबाट सुरु गर्दैछ । गाउँपालिकाको स्वास्थ्य शाखाले खोप केन्द्रहरु निर्धारण गरी खोप लगाउन लागेको हो ।

भेरोसिल (दुई डोज लगाउनुपर्ने) खोप लगाउन लागिएको कोभिड अस्पताल मनहरीका ब्यवस्थापक ज्योतिराज लुईटेलले जानकारी दिनुभयो । यसअघि भेरोसिल खोपको पहिलो डोज लगाएका र नयाँ खोप लगाउनेहरु दुबैखाले नागरिकलाई खोप सेवा उपलब्ध हुनेछ ।
माघ २ गतेबाट सुरु हुने खोप अभियान ३ र ४ गते सम्म चल्नेछ । विदेश जानेहरुका लागि भने जोन्सन एण्ड जोन्सन कम्पनीको खोप मनहरी अस्पताल र हाँडीखोला स्वास्थ्यचौकीबाट नियमित रुपमा लगाउने कार्य हुनेछ ।

विपद् व्यवस्थापन समितिको बैठकले ९ वटै वडामा खोप लगाउने निर्णय गरेको हो । खोप नलगाउनेहरुलाई सरकारी सेवाबाट बन्चित गर्ने गरी अभियानलाई चुस्त पार्न खोजिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । हालसम्म मनहरीमा २३ हजार ४ स ६१ जनाले पहिलो डोज खोप लगाएका छन् भने १३ हजार जनाले दुबै डोज खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here