पुष–२७ गते मंगलबार । मंगलबार मनहरीमा पृथ्वी नारायण शाहको ३०० औ जन्मजयन्ती मनाइएको छ ।

राप्रपा मकवानपुर प्रतिनिधि सभा २ ख क्षेत्रीय कमिटी र मनहरी गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मनहरी गाउँकमिटीका निवर्तमान सभापति नारायण उप्रेती, नेकपा एमाले मनहरी गाउँकमिटीका अध्यक्ष नविन सुवेदी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका वरिष्ठ उपाध्यक्ष गणेशमान मानन्धर, लागायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले मनहरी गाउँकमिटीका अध्यक्ष नविन सुवेदीले पृथ्वी जयन्ती सबै जनाले मनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । राप्रपा प्रतिनिधि सभा २ खा अध्यक्ष नरहरी सुवेदीको सभाध्यक्षतमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई व्यवास्ता गरेको बताएको छ ।

यो अवसरमा नेपाल सरकारले सार्वजनिक विदा गरि राष्ट्रिय पर्वकोरुपमा मनाउनुपर्नेमा उल्टो वेवास्ता गरेको राप्रपा मनहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here