पुष–२६ गते सोमबार । पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको छ । मनहरी अस्पतालका २ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मनहरी अस्पतालमा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा स्वास्थ्यकर्मी २ जना सहित ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अधिकांश मनहरी गाउँपालिका वडा नम्बर ७ र बाँकी ८ को रहेको मनहरी कोभिड अस्पतालका व्यवस्थकापक ज्योतिराज लुइटेलले बताउनुभयोे ।

सोमबार संक्रमित भएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएकाले सबैजना होमआइसोलेसनमा बस्न सुझाब दिएको उहाँले बताउनुभयो । यदि संक्रमितहरुमा जटिल समस्या देखापरेमा कोभिड अस्पतालमा भर्ना गर्न सकिने उहाँले बताउनुभयो । जसका लागि कोभिड अस्पताल तयारी अवस्थामा रहेको छ ।

यता मनहरी अस्पतालका ल्याब टेक्निसियन सुरेश रायले मनहरी गाउँपालिकाले अघिल्लो वर्षको निषेधाज्ञामा गरेको कामको जोखिम भत्ता हालसम्म पनि नपाएको बताउनु भएको छ ।

सोही विषयमा मनहरी अस्पतालका कर्मचारीहरुले भत्ता नपाएको भन्दै विरोधको कार्यक्रमहरु गरेको थियो । तर मनहरी गाउँपालिकाले स्वास्थ्यकर्मीले गरेको विरोधलाई सम्बोधन गर्दै अघिल्लो वर्षको जोखिम भत्ता दिने बताएको थियो ।

भत्ता दिने सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले विरोधको कार्यक्रम रद्द गरेको थियो । कोरोनाको तेस्रो लहर आउँदै गर्दा फेरी पनि स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता देखिन्छ ।

तर मनहरी गाउँपालिका भने भत्ता दिने सम्झौतामा आस्वासन मात्र बाँडीरहेको छ । तेस्रो लहरले गाउँसमाजमा जरा गाडिरहदा स्वास्थ्यकर्मीप्रति मनहरी गाउँपालिका जिम्मेवार बन्न नसकेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here