पुष–२४ गते शनिबार । नेकपा एमालेको मकवानपुर जिल्ला अधिवेशनबाट जिल्ला कमिटिका लागि कैलाशबाट सुकुमाया थिङ र मनहरीबाट बिमला कार्की निर्बिरोध निर्वाचित हुनुभएको छ । उहाँहरु महिला सदस्य कोटामा निर्विरोध निर्वाचिन हुनुभएको हो ।
४–४ जनाको खुला सदस्यमा कैलाश र मनहरीबाट क्रमशः ६ र ८ जनाको उम्मेदवारी परेको छ । उक्त पदहरुमा भने सहमती हुन सकेको छैन तथापी सहमतीका लागि प्रयास भइरहेको जनाइएको छ ।
शनिबार भएको अधिवेशनमा सहमती गराउने प्रयास भएपनि सहमती भने हुन सकेन् । बाकी पदमा सकेसम्म सहमती नै गराउने र नभए निर्वाचन हुने जनाएको छ ।
सहमती गराउने प्रयास अनुरुप निर्वाचन आइतबार विहान ८ बजे सम्मका लागि स्थगित गरिएको छ । शनिबार दिउँसो ३ बजे निर्वाचन समितीले सहमतिकै लागि निर्वाचनको प्रक्रिया स्थागित गरिएको जानकारी गराएको हो ।