पुष–२३ गते शुक्रबार । राक्सिराङ गाउँपालिका वडा नम्बर ९ गैजुराङको विरमान थिङको घरमा आगलागी हुँदा घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

शुक्रबार बेलुका करिब पाँच बजेको समयमा खाना बनाउने क्रममा एक्कासी आगो लाग्दा घर पुर्णरुपमा क्षति भएको हो । आगलागीबाट मानबिय तथा पशुचौपाय कुनै पनि क्षति भने नभएको स्थानिय दुर्गामान थिङले बताउनुभयो ।

मानबिय तथा पशुचौपायमा क्षति नभए पनि अनुमानित ६ बोरा चामल, कोदौ, मकै लगायतका खाद्यानन्न बाली जलेर पुर्णरुपमा नष्ट भएको छ ।

त्यस्तै आगलागीमा परी एक लाख पचास हजार रुपैया नगद, सुन एक तोला र चाँदी तिन तोला जिन्सि पनि जलेर नष्ट भएको बताइएको छ । घटनास्थलबाट प्रहरी कार्यालय टाढा रहेको कारण हालसम्म प्रहरी पुग्न भने सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here