मनहरी– पुष १७ गते । शनिबार बंगलामुखी महिला बचत तथा ऋण सहकारी संस्था, मनहरी ८ ले १६ औ साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्ती पाख्रिनको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभामा ऋण समितिका संयोजक, लेखा समितिका संयोजक र संस्थाका व्यवस्थापक कमला मैनालीले प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा विभिन्न विद्यामा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । असल ऋणीमा फुलमायाँ गुरुङलाई सम्मान गरेको हो ।

त्यस्तै दैनिक धेरै रकम बचत गर्ने बचत कर्तामा सानुमायाँ लामा, सबै भन्दा बढी शेयर रकममा चन्द्रावती सुवेदी, सबै भन्दा धेरै समुह बचतकर्तामा हेमिका मैनाली लगायतकालाई सम्मान गरेको हो ।

कार्यक्रममा संस्थामा आबद्ध करिब ९ सय जना शेयर सदस्यहरुो उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई खाजा र यातायात खर्च स्वरुप रकम हस्तान्तरण गरिएको व्यवस्थापक कमाला मैनालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here