मनहरी– पुष १७ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी गाउँ कमिटीले शनिबार पालिका भेला, विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मनहरी गाउँपालिका अन्र्तगतका ६० जना शिक्षकहरुलाई प्रशिक्षण दिइएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य पद्मा पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षक तथा कार्यक्रमका प्रमुख अतिथि पौडेलले शिक्षकहरुको हकहित र शैक्षिक परिवर्तनमा नेपालकै सबैभन्दा जेठो संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन नेपालले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्यहरु चन्द्रदेबी लामा, सुर्य मुक्तान, शिब प्रसाद चौलाई जिल्ला सल्लाहकार अकुर प्रसाद गौतम लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

सल्लाहकार गौतमले नेपाल राष्ट्रिय शिक्षक संगठन कुनै पनि पार्टीको भातृ संगठन नभै सबै शिक्षकहरु अटाउन सक्ने छाता संगठन भएको र यसमा सबै जना यस संगठनमा लाग्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी गाउँ कमिटीका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here