मनहरी–पुस १३ गते । नेकपा एकीकृत समाजवादी मनहरी ७ नं वडा कमिटी अध्यक्षमा कृष्णबहादुर खाती चयन हुनु भएको छ । मंगलबार मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको पुरानो भवन परिसरमा आयोजित वडा सम्मेलनबाट खातीलाई अध्यक्षमा चयन गरिएको हो ।
उपाध्यक्षमा जोन प्रजा र बुद्धिबहादुर मुक्तान सचिवमा सुजन पाठक र सहसचिवमा भगवान रौनियार, शुसीला परियार र लक्ष्मण गौतम रहनु भएको छ ।

३१ सदस्यीय कमिटीमा ७ नं वडाका अधिकाँश टोलहरुबाट प्रतिनिधि समेटिएको गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य एबम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रमुख आतिथ्यता तथा गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा वडा सम्मेलन भएको हो ।

सोही कार्यक्रममा ३० जनाभन्दा बढी मानिसहरु एमाले, काँग्रेस, राप्रपा, माओवादी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here