मनहरी– पुष १० गते । मनकामना सनातन धर्म संरक्षण संस्थाको १३ औ तथा १४ औ सयुक्त साधारण सभाले संस्थाको नयाँ कार्य समिति चयन गरेको छ । शुक्रबार भएको साधारण सभाले नयाँ कार्यसमिति चयने गरेको हो । तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्य समिति चयन गरेको हो ।

निर्वाचन मण्डलमा नारायण सुबेदी, नबराज सुबेदी राधा देबी पाठक रहनु भएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा भने पुन दुर्गा बहादुर सुवेदी नै चयन हुनुभएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा राम प्रसाद सुवेदी, सचिबमा शत्रुघन ग्यालन, सह सचिबमा खिल बहादुर खाती, कोषाध्यक्षमा गंगा पाठक चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा गोविन्द पराजुली, लक्ष्मी खड्का, पुरुषोत्तम श्रेष्ठ, रुप बहादुर खतिवडा, रामचन्द्र न्यौपाने, अम्बिका गिरी र प्रजापति सुबेदी चयन हुनुभएको छ ।

साथै साधारण सभामा संस्थालाई तीस हजार भन्दा माथि सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरेको छ । हेटौडा निवासी बिनोद सुबेदी, मनहरी ७ का राजु रिजाल र महालक्ष्मी बैंक र मनहरी ८ की ठुली माँया सुबदीलाई सम्मान गरेको हो ।

साधारण सभालाई मकवापुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र मनहरीका सभापति नारायण सुबेदी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिमला कार्की, नेपाली काङग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, रामप्रसाद इटनी, सुरेन्द्र बहादुर शाह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here