मनहरी–पुस ८ गते । नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित भलाद्मी चोकमा वडा कार्यालय सञ्चालनमा आएको छ । वडा कार्यालयको संविधानसभा सदस्य एबम् नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङले उद्घाटन गर्नु भएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै चेपाङले एमालेमा केपी ओलीका कारण बिग्रह भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो । उहाँले नयाँ पार्टी भएतापनि पुरानै कम्युनिष्ट आन्दोलनमा योगदान गरेका मानिसहरु अहिले समाजवादीमा रहेकाले कम्युनिष्ट आन्दोलनको मूलधार नै आफूहरु रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा नं वडाका वडाध्यक्ष साधुराम अधिकारी, रामचन्द्र सुवेदी, गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ, पुराना कम्युनिष्ट नेता बलराम थापा, वडा कमिटी अध्यक्ष राम पुरी, युवा संघ मनहरीका अध्यक्ष कृष्ण पुरी, सचिव समिर लामा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here