मनहरी–मंसीर २६ गते । नेकपा एकीकृत समाजवादीको मनहरी गाउँपालिका ३ नं वडा कमिटी गठन भएको छ ।
पार्टीका केन्द्रीय सदस्य एबम् संविधानसभा सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलाले बुद्धरत्न स्याङ्तानको अध्यक्षतामा वडा न ३ मा ४७ सदस्यीय वडा कमिटी गठन भएको हो । उपाध्यक्षमा लालवहादुर वाइवा, गोमा लम्साल, ओमप्रसाद चौलागाइ, सचिव विष्णुहरि उप्रेती, उपसचिवमा पुर्ण घलान चुनिनु भएको छ ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राजाराम स्याङ्तानले नेकपा एमालेबाट विद्रोहको कारणबारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा मनहरी गाउँपालिका इन्चार्ज भूमिनन्द अर्याल, मनिला बिष्ट, बीरेन्द्र डिसी, लालबहादुर मल्ल, देवकी ढुंगाना, राजन पाण्डे, गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ, सचिव ओम आले मगर, युवा संघ मनहरीका सचिव उमेश अधिकारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।