मनहरी– मंसीर १५ गते । साना किसान कृषि सहकारी संस्था मनहरी ८ का अध्यक्ष बिमला कार्कीले क्षेत्री बाहुन समुदायमा बढी महिला हिंसा हुने बताउनुभएको छ ।

समुदायगतरुपले हेर्दा क्षेत्री बाहुन समुदायको भन्दा जनजाती समुदायका महिलहरु बढी स्वतन्त्र हुने गरेको भेटिएको उहाँले बताउनुभयो । जनजाती समुदायमा महिलाहरु स्वतन्त्र भएर काम गर्ने देखि बाहिर हिडडुल गर्न सक्ने देखिएको उहाँले बताउनुभयो । पुराना सस्कृतिलाई मुल्यमान्यता दिदँै आउँदा क्षेत्री बाहुन समुदायमा महिला हिंसा हुने गरेको बताउनुभयो ।

क्षेत्री बाहुन समुदायमा अझै पनि पितृसत्तात्मक सोच अझै पनि हाबी भएकोले केहि मात्रामा महिाला हिंसा भइरहेको धाराणा व्यक्त गर्नुभएको हो । पहिलेको जस्तो महिला हिंसा हाल भने नभए पनि त्यसको स्वरुप परिवर्तन भएर महिला हिंसा भइरहेको बताउनुभयो ।

पहिलेको तुलनाम महिला हिंसा न्युनिकरणको बाटोमा अघि बढेको तर पुर्णरुपमा निराकण भने नभएको उहाँले बताउनुभएको हो । महिला र पुरुष १ रथको २ पाङ्ग्रा भएकाले महिलाको हक हित र हिंसा अन्त्यको लागि पुरुषको पनि उतिकै भुमिका हुने पनि उहाँले बताउनुभयो ।

महिला हिंसा न्युनिकरणक लागि रुढिबादी परम्परालाई आस्रय दिन नहुने पनि उहाँले बताउनुभयो । कतिपय पुराना मुल्यमान्यतालाई पछ्याउदैँ गर्दा महिलालाई विभेद हुने किसिमका परम्परा समेत रहेका हुँदा यसलाई छोड्दै जानुपर्ने पनि उहाँले बताउनुभयो ।

मनहरी लाइभसंग कुरा गर्दै कार्कीले आफु साना किसान सहकारीको अध्यक्ष हुँदै गर्दा महिला हिंसाका विरुद्ध धेरै काम गरेको बताउनुभयो । महिला हिंसा न्युनिकरणका लागि सबै भन्दा पहिला महिला शिक्षित हुनुपर्ने र त्यसपछि आर्थिक सबल हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

महिलाहरु आँफै आर्थिक उपार्जनमा लागेमा महिला हिंसा कम हुने विस्वास व्यक्त गर्नुभयो । महिला आर्थिक उपार्जनमा लाग्ने वित्तिकै उसको योजनाले काम गर्न सक्ने भएकोले महिला आर्थिक उपार्जनमा जसरी पनि लाग्नु पर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here