राक्सिराङ–मंसीर १३ गते । राक्सिराङ गाउँपालिका ३ पलाँसेमा रहेको सनराइन पब्लिक इंग्लिस स्कुलको शुभारम्भ गरिएको छ ।
एक समारोहका बीच सोमबार दिउँसो राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विद्यालयको शुभारम्भ गर्नु भएको हो । विद्यालय सञ्चालक रोहन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सूर्याेदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा, पूर्व स्रोत ब्यक्ति रामु दराई, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मनहरीका अध्यक्ष शिवकुमार रिजाल, राक्सिराङ गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
मन्तब्यका क्रममा प्रमुख अतिथि मल्लले निजी विद्यालय स्थापना हुनु राक्सिराङ गाउँपालिकाकै लागि गर्वको कुरो भएको बताउनुभयो । उहाँले गाउँपालिकाले नयाँ विद्यालयलाई अन्य विद्यालयहरु झैँ समान ब्यवहार गरी अभिभावकत्व प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा साना साना बालबालिकाहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
कक्षा १ सम्मको अनुमति पाएको सनराइन इंग्लिस पब्लिक स्कुलमा हाल १ सयको हाराहारीमा विद्यार्थीहरु रहेको प्रिन्सिपल काजीराम मुक्तानले बताउनुभयो ।