मनहरी–मङ्सिर ६ गते । मनहरी ९ रजैयामा २ दिने मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरको रणनैतिक कार्ययोजना निर्माण कार्यशाला सुरु भएको छ ।

ग्रामिण जागरण तथा विकास संगठन नेपाल (राडो नेपाल) को आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मनहरी गाउँपालिकाको समन्वयमा कार्यक्रम सुरु भएको हो ।

मङ्सिर ७ गते मंगलबार सुरु भएको कार्यशालाले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानिय स्तरमा रणनैतिक योजना निर्माण गर्नेछ ।

कार्यशालाको पहिलो दिन मानब बेचबिखनको बदलिदो स्वरुप यसका रोकथामका उपायहरु सम्बन्धी छलफल तथा रोकथामका लागि स्थानिय स्तरमा निर्माण गर्नुपर्ने रणनितिको विषयमा छलफल गरिएको छ । रणनैतिक कार्ययोजना निर्माण कार्यशालामा हाल सम्म भइरहेको मानब बेचबिखनको तथ्याङ्क समेत प्रष्ट्याइएको थियो ।

साथै कार्यशालामा सहभागीहरुलाई मनब बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कस्ता योजना तर्जुजाम गरेमा बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सकिन्छ भन्ने प्रश्नमा मेटाकार्ड लेखन गरी सुझाब संकलन गरिएको थियो । एक घर एक रोजगार, सामाजिक सञ्जाल दुरुपयोगमा रोक, प्रत्येक महिलाहरुलाई स्वाबलम्बी बनाउनु पर्ने, नियम उत्कृष्ट भए पनि कार्यन्वयन कमजोर भएकोले कार्यान्वयनमा कडाई गर्नुपर्ने जस्ता सुझाबहरु संकलन गरी छलफल गरिएको थियो ।

राडो नेपालको कर्मचारी राजु राउतले सञ्चालन गर्नुभएको कार्यशालामा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यशालामा मनहरी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिल बहादुर स्याङ्तान, वडा सदस्य पुस्कर सुवेदी, मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुब खड्का, वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष विष्णु बहादुर थिङ, महिला तथा बालबालिका शाखाका प्रमुख शान्ती अधिकारी, मनहरी गाउँपालिका सामिजक विकास शाखाका प्रतिनिधि, राष्ट्रिय रोटरी माबीका सहायक प्रधानाध्यापक साधुराम रिजाल, बाल सञ्जालका प्रतिनिधि, सहकारी अभियान्ता लगायतको उपस्थिती रहेको थियो ।

२ दिने रणनैतिक कार्ययोजना निर्माण कार्यशालाको पहिलो दिन २ खण्डामा सञ्चालन गरिएको थियो । पहिलो खण्डमा अधिवक्ता मन प्रसाद भट्टराई र दोस्रो खण्डमा नवराज थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मङ्सिर ७ र ८ गते सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here