मनहरी–मङ्सिर ०५ गते । दसौँ राष्ट्रिय कर दिवसको अबसरमा मनहरी क्षेत्रमा ब्यबसाय गर्ने ब्याबसायीहरुमाझ कर सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरी ७ को भवनमा उद्योग बाणिज्य संघ पश्चिम क्षेत्रका अध्यक्ष नारायण सुबेदीको संयोजकत्वमा कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

कर कार्यालयका निमित्त कार्यालय प्रमुख सुमन भट्टराईले मनहरीका सम्पुर्ण ब्यवसायीहरुलाई पुर्ण ब्यवस्थित ढंगबाट ब्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले हामी सबै ब्यवसायिहरुमा बिजकको आक्रान्त समस्या रहेको बताउनुभएको छ । आउँदा दिनहरुमा यस्ता समस्याहरुलाई बिस्थापित गरि कसैलाई पनि कर असुलि गर्न नपर्ने गरी मितब्ययी तरिकाले ब्यवसाय सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

यस्ता समस्या मनहरीमा मात्र नभै देशैभर समस्या रहेकोे र कुनै कुनै ब्यवसायीहरु करको दायरा भित्र नआएको समेत बताउनुभएको छ । यस्ता साना रकमको कर छलि गर्ने क्रियाकलापले गर्दा भबिस्यमा ब्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको र तेस्ता गैरकानुनी कारोबारको रोकथाम गरी करदाता र ब्यवसायीबिच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।

ब्यापार ब्यवसाय गर्नका लागि सम्पुर्ण ब्यवसायीहरुलाई प्यान नम्बर हुन जरुरि देखिएको उहाँले बताउनुभयो । कतिपय ठाउँहरुमा दोहोरो प्यान नम्बर लिने गरेको पाइएकोले अब देखि यस्तो गल्ती नदोहो¥याउन पनि आग्रह गर्नुभएको छ । यदि कसैको ब्यक्तिगत प्यान नम्बर भए त्यसै प्यान नम्बरलाई ब्यावसायिक प्यानमा रुपान्तरण गर्न मिल्ने पनि बताउनुभयो ।

प्यान नबर एक पटक मात्र पाईने हुनाले अब देखि यस्ता गल्ती नगर्न सबैमा अनुरोध गर्नुयो । साथै उहाँले कर तिर्नका लागि कर कार्यालय नै धाउन नपर्ने भएकोले आफ्नो मोबाइल बाट नै आफैँले कर तिर्न सकिने बताउनुभयो । साथै यसबाट युजर नेम र पास्वोर्ड लिएर आफुले कति कर तिरेको छ वा छैन पनि सजिलै हेर्न सक्ने बताउनुभयो ।

यस्तै गरि पचास लाख भन्दा माथिको ब्यवसाय कारोबार हुने फर्म वा ब्यवसायलाई भ्याटमा दर्ता गर्नुपर्ने र पचास लाख भन्दा कम कारोबार हुने फर्म वा ब्यवसायको लागि प्यानमा दर्ता गर्नुपर्ने बताउनुभयो । कारोबारको आधारमा ग्याँस, चुरोट लगायतका तीन प्रतिशत सम्म कमिसन मुल्य वा थप गरी बस्तुको कारोबार गर्ने ब्यक्तिलाई तीस लाख रुपैया भन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबारका लागि रकमको ०.२५५ र पचास लाख रुपैयाँ भन्दा बढी एक करोड रुपैयाँ सम्मका कारोबारका लागि रकमको ०.३५ कर लाग्ने जनाएको छ । यसै गरि मदिरा बिक्री बितरण तर्फका लागि पनि छुट्टाछुट्टै करको दायरा रहेको छ ।

पाँचतारे होटलको लागि बार्षिक साठी हजार, चारतारे होटलका लागि अड्चालिस हजार, तिनतारे होटलको लागि छत्तिस हजार, दुइतारे होटलका लागि चौबिस हजार, एकतारे होटलका लागि बाह्र हजार, स्वदेशी तथा बिदेशी मदिरा बोतल बिक्री वितरण गर्ने पर्यटक स्तरको रेस्टुरेन्ट तथा रिसोर्टका लागि आठ हजार पाँच सय र स्वदेशी मदिरा बोतल बिक्रीवितरण गर्ने साधारण होटल रेस्टुरेन्ट बार तथा लजका लागि चार हजार पाँच सय कर रहेकोछ ।

कर सम्बन्धि छलफल तथा अन्तरक्रीया कार्यक्रममा मनहरीका कपडा ब्यवसायी, होटेल ब्यवसायी, मोबाईल तथा ईलेक्ट्रीक ब्यवसायी, किराना ब्यवसायी, होलसेल तथा खुद्रा ब्यवसायी र मनहरीका बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here