मनहरी–मङ्सीर ४ गते । नेपाली काँग्रेस मकवानपुर नं क्षेत्र २ ‘ख’ स्तरीय क्षेत्रीय सभापतिमा रञ्जन कालाखेती बिजयी हुनु भएको छ । देउबा पक्षधर रहनु भएका कालाखेतीले गैर देउबा पक्षका रामकृष्ण प्रजालाई पराजित गर्नु भएको हो ।

मत परिणाम अनुसार कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत मात्रै पाउनु भयो । त्यसैगरी उपसभापतिमा मुक्तिनाथ अधिकारी १५५, राजकुमार ब्लोन २१७, भुवन नेगी ३०४ र रामकुमार वाल्पा थिङले २५७ मत पाउनु भएकामा नेगी र थिङ विजयी हुनु भएको छ ।

त्यस्तै सचिवमा सिद्धलाल लामा १७२, रामकृष्ण गुरुङ १२७, नवराज पौडेल २६० र कृष्ण योन्जनले ४४३ मत पाए । जसमा पौडेल र योन्जन विजयी भएका हुन् । सहसचिवमा राजेश अधिकारी १४४, गोपिलाल थिङ ३११, शालिकराम अधिकारी २५६ र ज्ञानबहादुर घलानले १८३ मत पाउनु भएकामा थिङ र अधिकारी निर्वाचित हुनुभयो ।

महिला तर्फ भने पवित्रा अर्याल १६६, चन्द्रावती लटौला १४२, देवकी उप्रेती २६६, चरिमाया नेगी २१३, पद्मादेवी श्रेष्ठ २२१ र यासिका घिसिङले २४१ मत पाउनु भएकामा उप्रेती, श्रेष्ठ र घिसिङ विजयी हनु भयो ।

खुला प्रत्यक्षतर्फ रत्नबहादुर ब्लोन २९५, निराजन बर्तौला २३५, जगनाथ अधिकारी १२६, सानुबाबु लामा १६८, कृष्णहरि कालाखेती २१६, दीपक नगरकोटी १६८, ज्ञानबहादुर पाख्रिन १५३, गुणराज स्याङतान २०३, बलिन्द्र ब्लोन १६४, निरशंकर लामा २५३, कविता बर्तौला २५१, वेलबहादुर मुक्तान २१०, कान्छाराम रुम्बा २८० र ज्ञानेन्द्र बर्तौलाले १९५ मत पाउनु भएकामा बर्तौला, कालाखेती, रुम्बा, लामा, बर्तौला, मुक्तान र ब्लोन विजयी हुनुभयो ।

त्यस्तै, खस आर्यतर्फ प्रह्लाद अर्याल १६२ र जयन्ती पाठक २६० को मत प्राप्त भएकामा पाठक विजयी हुनुभयो । आदिबासी जनजातिको महिलातर्फ सावित्री थिङ १८४, संगीता थिङ २५४, सीता बल २७४ र जमुना गुरुङले १४४ मत पाएकामा जसमा बल र थिङ विजयी हुनुभयो ।

खुला तर्फभने टेकबहादुर पाख्रिन २०५, मित्रलाल मुक्तान १६१, निजन घलान २५४, ठुलोकान्छा लामा २६५, र सागर जिम्बाले २७१ मत पाएकामा जसमा घलान, लामा र जिम्बा विजयी हुनुभएको छ । दलित तर्फभने लोकबहादुर नेपाली निर्विरोध हुनुभयो ।
अल्पसंख्यकतर्फ विनोदकुमार प्रजा २५५ मतका साथ बिजयी हुनुभयो भने अर्का उम्मेदवार विन्दु प्रजाले १८४ प्राप्त गरी पराजित हुनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here