राक्सिराङ–कात्तिक २९ गते । राक्सिराङ गाउँपालिका वडा नं ४ स्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगको ढुंगा उत्खनन् हुने क्षेत्रमा राखिएको एक्साभेटर (ब्रेकर) मा आगजनी भएको छ ।

तीनवटा एक्साभेटर पार्किङ गरी राखिएकामा आगजनी गरी एउटा पूर्ण रुपमा ध्वस्त बनाइएको छ भने अन्य २ वटामा क्षति पुगेको स्थानीयबासिन्दाले बताएका छन् ।

गत आर्थिक बर्षदेखि उत्खनन् गर्न थालिएकको ढुंगा खानी क्षेत्रमा बानियाँ निर्माण सेवा र मोतीदान कन्ट्रक्सनले काम गर्दै आइरहेको छ । आइतबार राति मेसिनमा आगलागी भई क्षति पुगेको स्थानीयबासिन्दाले बताए पनि आगलागी गर्नेहरुको पहिचान हुन सकेको छैन । घटनाको बास्तविकता बुझ्न इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको टोली घटनास्थल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here