गायक रबिनकुमार चेपाङको स्वास्थ्यमा सुधार आएको छ । उहाँ आज श्निवार बिहानदेखि आफन्तहरु चिन्न सक्ने रहाउभाउ गर्न सक्ने हुनु भएको उहाँका छोरा सन्चारकर्मी एबम मोडल पवनकुमार चेपाङले बताउनु भयो ।
बकैया गाउँपालिकाबाट देउसी भैलो कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा अजिंगरे भन्ने ठाउँमा कलाकारको टोलीकोबस पल्टेको थियो । उहाँको उपचार चितवन मेडिकल कलेजमा भैरहेको छ । उहाँको फियो निकालिएको छ भने पेटकोशल्यकृया भएकाले मुखमा पाइप राखिएकाले बोल्न सक्नु हुन्न ।