मनहरी–कात्तिक ७ गते । मकवानपुर उद्योग बाणिज्य संघको ५४ र ५५ औँ अधिबेसन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि कृष्णकुमार गुप्ता अग्रवाल र राजकुमार न्यौपानेको प्यानल निर्वाचनमा होमिएको छ ।

निर्वाचनमा होमिएका दुबै प्यानलले आफ्नो बर्चश्व कायम गर्नका लागि अनेकन प्रयास गरिरहेका छन् ।
राजनीतिक रुपमा न्यौपानेलाई एमाले पक्षधरले साथ दिएको छ भने अग्रवाललाई काँग्रेस पक्षधरले साथ दिएको छ । त्यसमध्ये पूर्व अध्यक्षहरु अधिकाँशको साथ अग्रवाललाई नै रहेको दाबी गरिएको छ । बर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अरुण राज सुमार्गीहरु अग्रवालको पक्षमा देखिएका छन् ।

यद्यपि साना व्यवसायीहरु, बिक्रेताहरु न्यौपानेको पक्षमा रहेको विश्वास गरिएको छ । न्यौपाने यसअघि अध्यक्ष रहँदा साना व्यवसायीका समस्या बुझ्ने, आपत पर्दा आफै उपस्थित भएर सहजीकरण गरिदिने लगायत काममा लाग्ने नेताको रुपमा स्थापित छन् । उद्योग बाणिज्य महासंघको निर्वाचनमा मकवानपुरका तर्फबाट समर्थन र उम्मेदवारीका लागि प्रतिनिधित्व गर्ने अबसर नपाएपछि उहाँ रामेछापको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा समेत उम्मेदवार बन्नु भएको थियो ।

अग्रवाल प्यानलले शुक्रबार साँझ मनहरीस्थित शाह पार्टी प्यालेसमा डिनरसहितको कार्यक्रम आयोजना गरेको थियो । यस क्षेत्रका व्यवसायीहरुको उक्त कार्यक्रममा उल्लेख्य सहभागिता थियो भने प्यानलले अग्रवाल, बाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार अनिल अग्रवाल, उद्योगतर्फका उपाध्यक्ष प्रमोदसिंह रानाभाट र टोलीको परिचय गराएको थियो ।

यसैगरी आइतबार न्यौपानेको प्यानलले मनहरीका व्यवसायीहरुसँग चुनावी कार्यक्रम गर्दैछ । अध्यक्ष राजकुमार न्यौपानेसहितका उम्मेदवारहरु उपस्थित रहने कार्यक्रम राष्ट्रिय रोटरी माविका पुरानो भवन (इलाका प्रहरी कार्यालयअघि) को बजारमा राखिएको मनहरीतर्फका आरक्षण कोटामा सदस्यका उम्मेदवार रहनु भएका राजु राउतले जानकारी दिनुभयो । साँझ ६ बजेबाट कार्यक्रम सुरु हुने राउतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here