हेटौँडा–असोज २४ गते । नेपाल सरकारका स्वास्थ्यमन्त्री बिरोध खतिवडा गृह जिल्ला मकवानपुर आइपुग्नु भएको छ । हेटौँडास्थित निवासमा उहाँ आइतबार साँझ आइपुग्नु भएको हो ।

असोज २५ गते बिहान & ah] नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी मकवानपुरले आयोजना गर्ने वडादशैँको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा उहाँ सरिक हुनुहुने बताइएको छ । पार्टीका स्थायी कमिटी सदस्य समेत रहनु भएका खतिवडा दुई दिनअघि स्वास्थ्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

उहाँ मकवानपुरमै दोस्रो र कम्युनिष्टतर्फ मकवानपुरकै पहिलो मन्त्रीको रुपमा नाम दर्ज गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here