मनहरी–असोज २१ गते । वडादशैँको शुभारम्भसँगै मनहरी बजारमा आधुनिक फेन्सी पसल ‘मनहरी फेसन कलेक्सन’ शुभारम्भ गरिएको छ । मनहरी गाउँपालिका ७ मनहरी बजारस्थित मनहरी अस्पताल छेवैमा मनहरी फेसन कलेक्सनले सेवा सुरु गरेको हो ।

घटस्थापनाको दिन शुभ साइत पारेर फेन्सी पसल शुभारम्भ गरिएको मनहरीका पुराना व्यवसायी एबम् नेपाल कपडा व्यवसायी संघ मनहरीका पूर्व अध्यक्ष पशुपति बर्ताैलाले बताउनुभयो । यसअघि मनहरी बजारको मेनरोडमा पुजन फेन्सी पसल सञ्चालन गर्दै आइरहेको बर्ताैला परिवारले पुजन फेन्सीको दोस्रो संस्करणको रुपमा मनहरी फेसन कलेक्सन सञ्चालनमा ल्याएको हो ।

मनहरी फेसन कलेक्सनको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदीसहितका अतिथिहरुले रिबन काटेर शुभारम्भ गर्नु भएको हो ।

२५ बर्षदेखि फेन्सी पसल सञ्चालन गरी सफल व्यवसायीको पहिचान बनाएको बर्ताैला परिवारले यो अबधिमा अन्य व्यवसायहरुमा समेत हात हालेको छ । मनहरी फेसन कलेक्सनमा आधुनिक ब्राण्डेड कपडाहरु, जुत्ता, ब्याग, चश्मा लगायतका युवा लक्षित सामानहरु उपलब्ध हुने प्रोप्राइटर प्रितम बर्ताैलाले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका उपसभापति रामचन्द्र उप्रेती, महासचिव पदमबहादुर तितुङ, कपडा तथा तयारी पोशाक व्यवसायी संघ पश्चिम क्षेत्र समिति अध्यक्ष गोविन्द अधिकारी, तेजराज उप्रेती, रामचन्द्र बर्ताैला, शालिकराम बानियाँ लगायत व्यवसायीहरु, सामाजिक व्यक्तित्व, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here