मनहरी–असोज २० गते । मनहरी गाउँपालिका ७ स्थित ऐतिहाँसिक मनकामना मन्दिर परिसरकको सरसफाई गरिएको छ ।

मनकामना सनातन धर्म संरक्षण संस्थाको आह्वानमा मनहरीका भक्तजनहरु, युवा, सुरक्षाकर्मी लगायतको सक्रियतामा मन्दिर परिसर सफाई गरिएको हो ।

मन्दिर सफाई संस्थाका अध्यक्ष दुर्गाबहादुर सुवेदीको अगुवाईमा भएको हो भने मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एबम् प्रहरी निरीक्षक प्रकाश थापा, शसस्त्र प्रहरी आइआरटी पोष्ट लगायत सुरक्षा अंगको समेत सहभागिता रहेको थियो । सरसफाईमा मनहरीका हिन्दू धर्मावलम्बीहरु, समाजसेवी तथा युवाहरुको सक्रियता रहेको थियो ।

यसैबीच मनकामना मन्दिर परिसरमा नयाँ निर्माण भएको जमराघरमा यस बर्ष जमरा राखिने भएको छ । पुरानो कोतघरलाई पुननिर्माण गरी जमराघर बनाइएको हो ।

जमरा घरमा जमरा राखी धार्मिक विधि अनुसार नियमित पुजा अर्चना गरी तयार पारिएको जमरा आफ्ना घरमा जमरा नराख्नेहरुका लागि बितरण गर्ने गरिएको मनकामना सनातन धर्म संरक्षण संस्था मनहरीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । मनहरीमा जमरा राख्ने र फुलपाती भित्र्याउने चलनले निरन्तरता पाएपनि व्यवस्थित भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here