मनहरी–असोज १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूको महेन्द्रकिरण माध्यमिक विद्यालय मनहरी ८ मा प्रारम्भिक कमिटी निर्माण भएको छ । जिल्ला सदस्य तथा मनहरी गाउँपालिका इन्चार्ज धनप्रसाद बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रमबाट दिपेश ढकालको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी निर्माण भएको ।

कमिटीको उपाध्यक्षमा रन्जन परियार, सचिवमा सविना परियार, कोषाध्यक्षमा विश्वनाथ सुवेदी र सहसचिवमा सोनु पुलामी मगर चुनिनु भएको छ । त्यसैगरी सदस्यहरुमा विकास प्रजा, सुविन गोङ्बा, जुनकीरी घलान, बिजय मुक्तान, निमेष प्रजा, सावित्री सुवेदी, राम कालाखेती, दिपिका थापामगर, बर्षा पुलामी मगर, मंगल ब्लोन, सुरेश मोक्तान, निराजन गोपाली, सरोज पनेरु, रविन्द्र थिङ र अंकित ओझा रहनु भएकको छ ।

कमिटीले विद्यार्थीहरुमाझ सिर्जनात्मक शैक्षिक गतिविधिहरु आयोजना गर्ने र संविधान तथा लोकतन्त्र रक्षाका लागि विद्यार्थी आन्दोलनलाई अझ मजबुत बनाएर लैजाने विश्वास लिएको अनेरास्ववियूका जिल्ला सदस्य तथा मनहरी बहुमुखी क्याम्पस इन्चार्ज कुमार घिसिङले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) ले पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ र कैलाशमा टोलस्तरमा पुग्ने गरी कमिटीहरु निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here