हेटौँडा–असोज ८ गते । नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ ले नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनका लागि मकवानपुर संघीय निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

हेटौंडा–१, चौकीटोल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय नेता हुनुहुन्छ । ‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेको छ । त्यसकारण मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको हु“ ।’, युवा नेता मैनालीले भन्नुभयो ।

आफू महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएस“गै पार्टीभित्र युवाहरुलाई सही स्थानमा नेतृत्व प्रदान गर्न आवश्यक सहजीकरण र पहल गर्ने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम युवाहरुलाई समेट्नकै लागि आफू पनि नेतृत्व तहमा पुग्नुपर्ने अबस्था आएकाले उम्मेदवारी घोषणा गरिएको उहाँको भनाई छ ।

‘जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको छ । नजिकि“दै गरेको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट युवाहरुलाई राजनीतिकको मूल धारमा ल्याउन पहल गर्नेछु ।’, मैनालीले भन्नुभयो ।

पार्टीभित्रको गुट, उपगुटको अन्त्य गर्दै कांग्रेसलाई स्वच्छ र एकढिक्का बनाएर अगाडि बढाउनका लागि सबैले भूमिका खेल्नुपर्ने आवश्यकता रहेका उहाँको भनाई छ । ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता हाम्रो पार्टीको मूल नारा भएकाले सोको कार्यान्वयनमा युवापंक्तिले ध्यान दिनुपर्ने भन्दै नेता मैनालीले पार्टीभित्र पछिल्लो समय सिद्धान्तभन्दा व्यक्तिवादी सोच र चिन्तन हाबी भएकामा चिन्ता ब्यक्त गर्नुभएको छ ।

‘सिद्धान्तप्रतिको सम्मान र कार्यान्वयन तथा सग्लो काँग्रेस निर्माणका लागि युवाको नेतृत्व आवश्यक भइसकेकाले मैले महाधिवेसन प्रतिनिधि बनेर सोही बमोजिमको नेतृत्व स्थापनाका लागि भूमिका खेल्ने प्रण गर्दछु ।’, युवा नेता मैनालीले भन्नुभएको छ ।

मैनाली मकवानपुरमा कार्यरत निर्माण व्यवसायीसँगै सामाजिक क्षेत्रमा योगदान गरिरहनु भएका नेता हुनुहुन्छ । हाल निर्माण व्यवसायी संघ मकवानपुरका निर्वाचित सदस्य रहनु भएका उहाँ युवामाझ लोकप्रिय व्यवसायीका रुपमा चिनिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here