राज्यको पुनर्सरचनापछि मकवानपुरको खैराङ, राक्सिराङ, सरिखेत र काँकडा गाउँ विकास समितिलाई मिसाएर राक्सिराङ गाउँपालिकाको स्थापना गरियो । राक्सिराङ गाउँपालिका बनिसकेपछि पेचिलो बनेको स्थानीय राजनीतिमा एकाएक नेपाली काँग्रेसले अग्रता लियो । २०५४ सालमा भएको स्थानीय निकायको निर्बाचनमा तत्कालीन नेकपा एमालेबाट खैराङ गाविसमा अध्यक्ष पदमा निर्बाचित राजकुमार मल्ल र सरिखेत गाउँ विकास समितिमा निर्वाचित लालबहादुर थापाबीच २०७४ सालमा आएर प्रतिस्पर्धा भयो । त्यतिखेर मल्ल नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी हुनुभयो भने थापा नेकपा एमालेबाट । अन्ततः राक्सिराङ गाउँपालिकामा एमाले कमजोर साबित भयो । मल्लले आफ्नै पूर्व सहकर्मी थापालाई निर्वाचनमा पराजित गर्नुभयो । त्यसपछि स्थानीय सत्ता चलाइरहेको राक्सिराङमा यतिखेर नेपाली काँग्रेसको नेतृत्व भने युवा नेता बीरेन्द्र जिम्बाले गरिरहनु भएको छ । चाहे मल्ललाई जिताउने अभियान होस्, चाहे मकवानपुर क्षेत्र नं २ को ख मा इन्द्रबहादुर बानियाँलाई जिताउने निर्वाचनमा, जिम्बाकै नेतृत्व रह्यो । उनै जिम्बासँग मनहरी लाइभ डटकमले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
–स्थानीय तहमा राजकुमार मल्लले नेतृत्व गरेको राक्सिराङ गाउँपालिकामा काँग्रेसको अबस्था कस्तो छ ?
नेपाली काँग्रेसको अबस्था राक्सिराङ गाउँपालिकामा एकदम राम्रो छ । हिँजोको दिनमा २५ प्रतिशत जति काँग्रेस रहेको राक्सिराङलाई हामीले अहिले सुदृढ बनाएर लगेका छौँ । एमाले र माओवादी परित्याग गरी काँग्रेसमा नेता र कार्यकर्ताहरु भित्रिएका छन् भने अझै केही ठूला नेताहरु हामीकहाँ आउने तयारी पनि छ । त्यस्तै हामीले आधारभूत तहमा समग्रतामा काँग्रेसको संगठनको अबस्था बिस्तार गरेका छौँ । त्यसैले काँग्रेस पहिलाको भन्दा झन् राम्रो छ ।
–अब चैतमा स्थानीय तहको चुनाव हुनेवाला छ, काँग्रेसले फेरि चुनाव जित्छ ?
काँग्रेसले राक्सिराङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गर्छ । म यो कुरा ठोकुवा गरेरै भन्छु । काँग्रेस राक्सिराङमा एक नम्बरमै रहन्छ ।
–एमालेको पोजिसन के हुन्छ ?
फेरि दोस्रो हुने देख्छु । हुन त अहिले फुटेको छ त्यो पार्टी त्यही स्थिति पनि नहुन सक्छ ।
–माओवादी केन्द्रको हैसियत नि ?
माओवादी केन्द्र पुरानै हैसियत अर्थात तेस्रो हैसियतमा हुने हो । अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र माओवादी केन्द्र, जसपाबीच गठबन्धन बनाएर चुनावमा जाने कुरा आइरहेको छ । त्यसो हुँदा गठबन्धनको पोजिसन दोस्रो र केपी ओली नेतृत्वको एमाले तेस्रो पोजिसनमा आउँछ ।
–स्थानीय चुनावमा राजकुमार मल्लजस्तो कम्युनिष्ट पृष्ठभूमिका लोकप्रिय मान्छे उम्मेदवार ल्याएर एमालेलाई काँग्रेसले पछारेको भन्ने बुझिन्छ, सँधैभरि मल्लजस्तै नेता पाइएला र सँधैभरि ?
हामीले संकटका बेला हाम्रा नेता मल्ललाई अघि सारेर जीत हासिल गरेको कुरा केही सत्य हो । तर, अहिले त्यो अबस्था होइन । हामी सुदृढ, सबल र एकताबद्ध काँग्रेस राक्सिराङ गाउँपालिकामा स्थापित भएका छौँ । मल्लको नेतृत्वमा चलेको सरकारले गरेका कामहरु देखेर राक्सिराङका जनता सन्तुष्ट छन् । स्थानीय सरकार नमूना रुपमा चलाइएको छ । स्थानीय सरकारले लोकप्रिय काम गरिरहेको छ । त्यसैले काँग्रेसप्रति आशा भरोेसा बढेको हो ।
–के त्यस्तो लोकप्रिय काम गरेको छ र राक्सिराङ गाउँपालिकाले ?
धेरै गरेका छन् । एउटै उदाहरण हेरुँ न, मनहरीबाट चैनपुर पुग्ने बाटो जनप्रतिनिधिहरु निर्वाचित भएपछि स्थायी भएको हो । हरेक वडा वडा र टोलहरुमा बाटाघाटा पुगेका छन् । दैनिक चप्पल हातमा लिएर मनहरी बजार आउनुपर्ने राक्सिराङबासीहरु अहिले अटो, बोलेरो लगायत सबारी साधनमा बर्षायाममा पनि यात्रा गरिरहेका छन् । बिपक्षीले समेत स्थानीय सरकारको बिरोध गर्न सकेको छैन ।
–बिपक्षीले किन बिरोध गरेको छैन, राक्सिराङमा अपारदर्शी बजेट कार्यान्वयन, बिधि मिचेर गरिएको खर्च लगायतका बिषयमा माओवादी केन्द्रका नेताहरुले बिरोध जनाइरहेका छन् त ?
त्यो स्वाभाविक हो । बिपक्षीले आफ्नो धर्म निर्बाह गर्नुपर्छ । तर मलाई लाग्दै राक्सिराङ गाउँपालिकामा त्यस्तो अनियमितता र भ्रष्टाचार भएको भन्ने ।
–यदि गाउँपालिकामा गलत काम भयो भने नेपाली काँग्रेसले विरोध गर्छ कि गर्दैन ?
गलत भएको छ भने हामी नेतृत्वलाई सुध्रन भन्छौँ । सुधारको प्रयास हुनेछ । गलतलाई त गलतै भन्नुपर्छ । तर, गलत भएजस्तो लाग्दैन ।
–अब काँग्रेसको अधिबेसन आयो, तपाई फेरि पनि सभापति बन्ने हो ?
साथीहरुसँग सल्लाह भइरहेको छ । म सभापतिको दाबेदार हो । तर, दाबेदार भन्दैमा एकोहोरो भएर हिँडेको छैन । अरु प्रत्यासीहरुसँग पनि सौहाद्र्धपूर्ण वातावरणमा छलफल गरेर निर्विरोध रुपमा एकपटक काम गर्ने अबसरका लागि पहल गरिरहेको छु । केही अरु साथीहरुको पनि दाबी छ । दाबी भयो भन्दैमा उहाँहरुको भावना नसुनी अघि बढ्न हुँदैन । म छलफलमै छु ।
–यसको मतलब अधिवेसनमा निर्वाचन भयो भने पछाडि हट्नुहुन्छ ?
मैले त्यसो भनिनँ । तर, हामी सर्बसम्मत रुपमा नेतृत्व चयन गर्छाै । निर्वाचन अन्तिम बिकल्प बनाउँछौँ । जिल्ला, क्षेत्रका नेतागण र साथीहरुको समेत सल्लाहबाट म अघि बढ्छु । त्यसो हुँदा पनि मेरो नाम उम्मेदवारबाट हट्दैन ।
–तपाई नै सभापति नभई नहुने चाहिँ किन नि ?
हिँजो २५ प्रतिशत रहेको काँग्रेसलाई मेरै नेतृत्वमा राक्सिराङमा बहुमतसहित चुनाव जिताउन मेरै नेतृत्वमा अघि बढ्यो । र, अहिलेको हैसियत प्राप्त ग¥यो । त्यसैले युवा, विद्यार्थी, किसान सबै साथीहरुले एकपटक नेतृत्व गर्नुप¥यो भनेर मलाई नै अघि सार्न खोजिरहनु भएको छ । म एक्लैले केही गर्ने होइन, साथीहरुले जे भन्नुहुन्छ त्यही गर्ने हो ।
–अन्तिममा काँग्रेसजनलाई तपाईको सुझाव के छ ?
असोज ९ गते हुने अधिबेसनमा पार्टीको योगदान, लगाव लगायत कुरालाई ध्यान दिएर नेता चुनौँ । यो कुरामा ध्यान दिउँ कि महाधिबेसन केन्द्रित रहेर मात्रै नहेरौँ । ६ महिनापछि स्थानीय चुनाव आउँदैछ । त्यो कुरालाई पनि मनन् गरी नेतृत्व छानौँ । बोलेर मात्रै हुँदैन, काम गर्नेलाई अबसर दिनुपर्छ । बुथ प्रतिनिधिहरु बुझेका नेताहरु आउनु भएको छ । १५४ जना राक्सिराङ गाउँपालिकाका बुथ प्रतिनिधिले राम्रो नेतृत्व चयन गर्ने आशामा म छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here