साधारण सभा उद्घाटन हुँदै ।

मनहरी–असोज २ गते । मनहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मनहरी ७ को १३ औँ बार्षिक साधारण सभा सुरु गरिएको छ । कोभिड १९ का कारण बार्षिक साधारण सभालाई साताब्यापी बनाउन लागिएको हो ।

शनिबार बिहान आफ्नै भवनमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले साधारण सभाको उद्घाटन गर्नु भएको हो । साधारण सभा असोज ८ गते मात्रै समापन हुनेछ ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष उप्रेतीले उद्देश्य मिलेका सहकारीहरु मर्ज गरी एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष शंकरप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक हरि पाठकले कार्यालय सञ्चालन व्यवस्था र कोषसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष हरिशरण अर्यालले लेखा प्रतिवेदन, सदस्य रामचन्द्र उप्रेतीको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।

सहकारीले मनहरी गाउँपालिका ७ मा कार्यालय सञ्चालन गरे पनि राक्सिराङ गाउँपालिका १ देखि ८ सम्म र कैलाश गाउँपालिकाको ३ र ४ नं वडालाई समेत कार्यक्षेत्र बनाएर काम अघि बढाएको जनाएको छ भने निकट भविष्यमा नै मनहरी ७ कै दर्पण महिला बचत तथा ऋण सहकारी संस्थासँग मर्ज गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

साधारण सभा उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी, जिल्ला बचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष बिष्णुमाया लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here