मनहरी–भदौ ३० गते । जंगली हात्ती आएर धान खान थालेपछि धपाउन गएकामध्ये एकजनाको ज्यान गएको छ । मनहरी गाउँपालिका ६ जोगितालका ३४ बर्षीय रामलाल जिम्बा तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

हात्तीले भकाभक धान खान थालेपछि भदौ २९ गतेको रात जोगितालका किसानहरुले सामूहिक रुपमा जंगली हात्तीका प्रतिकार गरेका थिए । तर, हात्तीले मान्छेलाई नै लखेट्न थालेपछि भागभाग भएकामा जिम्बालाई आक्रमण गरी मारेको बताइन्छ ।

हात्तीले लखेटेपछि घर फर्केका गाउँलेमध्ये जिम्बा नदेखिएपछि खोज्न गएको टोलीले जिम्बालाई विद्युतीय झट्का नजिकै लडिरहेको अबस्थामा भेटेका थिए । टाउको चोट लागेका, कपडाहरु च्यातिएको अबस्थामा फेला पारिएका जिम्बालाई उद्धार गरी उपचार गर्न लगिए पनि डाक्टर मृत घोषणा गरेको सुनाचुरी सामुदायिक वन उपभोक्ताका सचिव रमेश कार्कीले बताउनुभयो ।

जोगितालमा नियमित रुपमा एक महिनादेखि हात्तीले घरगोठ भत्काउने र अन्नपातमा क्षति पु¥याउँदै आइरहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका सदस्य नारायण श्रेष्ठ बताउनहुन्छ । पर्सा र चितवन राष्ट्रिय निकुन्जको सीमावर्ती क्षेत्रमा पर्ने जोगितालका किसान जंगली जनावरको आक्रमणबाट आजित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here