सामग्री हस्तान्तरण हुँदै ।

मनहरी–भदौ २२ गते । भौतिक दुरीको पालना, अनिबार्य मास्कको प्रयोग र हातको सफाई गर्ने बानीको विकासका लागि सचेतना जगाउन मनहरी गाउँपालिकामा एसएमएस अभियान सुरु गरिएको छ ।

युनिसेफको सहयोगमा स्काउट बागमती प्रदेश कमिटीले सञ्चालन गरिरहेको एसएमएस अभियान अन्तर्गत २ महिना मनहरी गाउँपालिकाभित्रका प्रमुख बजारहरुमा मास्क, स्यानिटाइजर र भौतिक दुरीका सम्बन्धी पोष्टर, पम्प्लेटहरु टाँस्ने र जनतालाई सजग बनाउने कार्य गरिने स्काउटले जनाएको छ । मनहरी गाउँपालिकामा भर्खर मात्र सञ्चालनमा आएको मनहरी रोभर रेन्जर क्र्युको सक्रियतामा पोष्टर, स्टिकर र पम्प्लेटहरु टाँस्ने काम अघि बढेको हो ।

प्रचारका सामग्रीहरु एक समारोहका बीच मनहरी गाउँपालिका अध्यक्ष एबम स्काउट मनहरीका संरक्षक एकराज उप्रेती र मनहरीका प्रमुख स्काउट तथा उपाध्यक्ष मनिला बिष्टले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । स्काउटका स्वयम्सेवकहरुले दुई महिनासम्म यो अभियानलाई निरन्तरता दिने र गाउँपालिकाको समेत सहभागितामा मास्क र स्यानिटाइजरको व्यवस्था समेत गरिने स्काउट बागमती प्रदेश समितिका सदस्य अशोक सारुमगरले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, स्काउट बागमती प्रदेश कमिटि सदस्य महेन्द्र रानामगर, सञ्चारकर्मी शिवकुमार काशी लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here