उपाध्यक्ष बिष्टसहितका महिलाहरुद्वारा बृक्षरोपण हुँदै ।

मनहरी–भदौ १९ गते । मनहरी गाउँपालिका ६ प्रतापपुर क्षेत्रमा महिलाको सक्रियतामा बृक्षरोपण गरिएको छ । महिला उत्थान तथा सीप विकास केन्द्रको अगुवाई तथा टेवा ललितपुरको सहयोगमा बृक्षरोपण गरिएको हो ।

मनहरी गाउँपालिका ६ स्थित संस्थाको कार्यालय परिसर, स्थानीय बालज्योति प्राथमिक विद्यालय परिसर र चुरियामाई मन्दिर परिसरमा गरी ७ सय थान बिरुवा रोप्ने कार्य सुरु भएको संस्थाकी अध्यक्ष लक्ष्मी राईले बताउनुभयो । बृक्षरोपण कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बृक्षरोपणमा महिला सहभागिता भएकामा खुसी ब्यक्त गर्दै जीविकोपार्जन तथा आयमुलक काममा महिलाहरुले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा टेवा ललितपुरकी निर्मला गुप्ताले महिलाको अगुवाईमा सञ्चालन भइरहेका संस्थाहरुका लागि प्रशासनिक र आर्थिक सहयोग समेत गरिरहेको टेवा ललितपुरले महिलाको हितमा अन्य विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

संस्थाकी अध्यक्ष लक्ष्मी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवीहरुको सहभागिता रहेको थियो । धुपी, पारिजात, गोलमोर, कपुर, अम्बा, कटहर लगायतका बिरुवाहरु रोपिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here