राक्सिराङ–भदौ १७ गते । जनजागरण पार्टीका मकवानपुर जिल्ला समिति उपाध्यक्ष एबम् राक्सिराङ गाउँपालिका ५ का चेपाङ अगुवा आइतलाल प्रजा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ ।
बिहिबार भएको जिल्ला कमिटी बैठक तथा रुपान्तरण भेलामा आइतलाललाई नेकपा (एस) का केन्द्रीय सदस्य केदार न्यौपाने, मनु सिग्देल लगायतले खादा लगाएर स्वागत गर्नु भएको हो ।
हेटौँडास्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका आइतलाल राक्सिराङ गाउँपालिकामा स्थानीय तहको निर्वाचन २०७४ मा अध्यक्षका उम्मेदवार पनि हुनुहुन्थ्यो ।