उद्घाटनपछि कृष्ण मन्दिर परिसरमा गाउँपालिका अध्यक्षसहित ।

मनहरी–भदौ १४ गते । कृष्ण जन्माष्टमीको अबसर पारेर मनहरी गाउँपालिका वडा नम्बर ७ मानेडाँडामा कृष्ण मन्दिरको उदघाटन गरिएको छ ।

गाउँपालिकाबाट विनियोजित २ लाख, जनश्रमदानबाट २ लाख, देउसीभैलो कार्यक्रममार्फत ५२ हजार लगायतको आर्थिक श्रोतको व्यवस्थापनबाट कुल रु ६ लाखको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुप बहादुर खतिवडाको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता र वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समाजसेवी इन्द्रकुमार भोलन,नविन सुवेदी, राष्ट्रिय आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक बलराम बानियाँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष उप्रेती र वडा अध्यक्ष तितुङले मन्दिरलाई आगामी दिनहरुमा पनि सह्योग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रघुनाथ रुम्बा, नेपाल चेपाङ संघ केन्द्रीय सदस्य खेमबहादुर चेपाङ, जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङ लगायत युवा, बृद्धबृद्धा तथा महिलाहरुको सहभागिता थियो ।

मन्दिरका लागि समाजसेवी भोलनले कृष्णको मूर्ति र समाजसेवी नारायण श्रेष्ठले गजुर र ऋषि बर्ताैलाले घण्टा दान गर्नु भएको छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकी क्षेत्रको रुपमा विकास गरेर लगिने योजना रहेको स्थानीय समाजसेवी गोविन्द अर्यालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here