मुर्ति र घण्टा हस्तान्तरण हुँदै ।

मनहरी–भदौ ११ गते । मनहरी ७ मानेडाँडास्थित निर्माणाधीन कृष्ण मन्दिरमा समाजसेवीहरुको तर्फबाट मुर्ति र घण्टा दान भएको छ । मनहरी गाउँपालिका ७ बिजौना निबासी समाजसेवी एबम् राजनीतिक व्यक्तित्व इन्द्रकुमार भोलन र ऋषि बर्ताैलाले मुर्ति र घण्टा सहयोग गर्नु भएको हो ।
६५ हजार रुपियाँ लागतको कृष्णको मुर्ति भोलनको तर्फबाट र मन्दिरका लागि घण्टा बर्ताैलाको तर्फबाट सहयोग भएको हो । उहाँहरुले भदौ ११ गते शुक्रबार बिहान मन्दिर निर्माण समितिका अध्यक्ष रुप बहादुर खतिवडालाइ मुर्ति र घण्टा हस्तान्तण गर्नुभयो ।

यसअघि नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठले मन्दिरका लागि गजुर सहयोग गर्नु भएको थियो । विभिन्न दाताहरुको सहयोग र मनहरी गाउँपालिकाको २ लाख लगानी गरी कृष्ण मन्दिर निर्माणाधीन छ । भदौ १४ गते कृष्णाष्टमीको दिन पुजापाठ गर्ने गरी तयारी गरिएको खतिवडाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here