हेटौँडा–भदौ ७ गते । गाइजात्राको दिन पारेर मनहरीका व्यंग्य लेखक एबम् रेडियो मनहरी एफएम सञ्चालन गर्ने संस्था गाउँबेसी सञ्चार मञ्च मकवानपुरका अध्यक्ष गोविन्द पौडेलले ‘गिलासवाद’ कृषि सार्बजनिक गर्नु भएको छ ।

मकवानपुरका वरिष्ठ व्यंग्यलेखक आरसी रिजालको प्रमुख आतिथ्यमा हेटौँडामा भएको कार्यक्रममा गिलासवाद व्यंग्य संग्रह लोकार्पण गरिएको हो । कार्यक्रममा मकवानपुरका पहिलो व्यंग्यकार रामचन्द्र आचार्य फुर्सती, आरसी रिजाल, निमेष निखिल, लेखक पौडेल, राजकुमार लामिछानेलगायतले गिलासवाद पुस्तक र मकवानपुरमा हास्यव्यंग्य लेखनबारे बोल्नु भएको थियो ।

विभिन्न कालखण्डमा लेखिएका व्यंग्य लेखहरु तथा अप्रकाशित व्यंग्यात्मक निबन्धहरु संकलन गरी गिलासवाद कृषि तयार पारिएको हो । उहाँ तत्कालीन बलिदान साप्ताहिक, थाहादर्शन साप्ताहिक, जूनकीरी मासिक पत्रिकामा नियमित रुपमा स्तम्भकारको रुपमा रहनु भएको थियो भने बारुद साहित्यिक त्रैमासिक, तितेपाती, व्यंग्य पत्रिका, पलाँस हवाई पत्रिका लगायतको सम्पादकीय भूमिका समेत रहनु भएको थियो । हाल उहाँ राष्ट्रिय रोटरी माविका प्रधानाध्यापकको रुपमा मनहरीमा कार्यरत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here