मनहरी–भदौ ३ गते । च्याउ खोज्न हिँडेका ५ जनामध्ये एकजनालाई मनहरी गाउँपालिका ९ ज्यामिरेबाट राप्ती खोलाले बगाएपछि उनको खोजीमा प्रहरीले निकै हैरानी खेप्नुप¥यो ।

राक्सिराङ गाउँपालिका वडा नं ३ लावतीका हिरालाल वाइबालाई खोज्दा खोज्दा हैरान भएका प्रहरीले चितवनको मेघौलीस्थित बगरबाट भदौ २ गते शब फेला परेको जनाएको छ । तर, उनको शब बिभत्स अबस्थामा थियो । कम्मरमुनिको भाग नै क्षत बिक्षत अबस्थामा भेटिएको र केही मिटर दुरीको फरकमा खुट्टा चुँडिएर रहेको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । जीवजन्तुले उनको शबलाई तानेको प्रहरीले अनुमान गरेको छ ।

साउन ३१ गते ज्यामिरेबाट हराएका वाइबाको शव भेटिएसँगै परिवारले चितवन प्रहरीलाई जाहेरी दिएको र पोष्टमार्टम गरी परिवारले बुझेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । राक्सिराङ ३ लावती घर भए पनि वाइबा मनहरी गाउँपालिका ८ सिमपानी बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here