मानव बेचबिखनबारेमा जानकारी गराउनुहुँदै ज्योति बम्जन ।

मनहरी–साउन १५ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका २ सुनारीसौँरामा विश्व मानव बेचबिखन विरुद्धको दिवसको अबसरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

मकवानपुरमा मानव बेचबिखन रोकथाम र सुरक्षित स्थानागमत प्रबद्र्धन परियोजना अन्तरगत एडब्लुओ इन्टरनेशनलको सहयोगमा नारी सीप सृजना केन्द्र हेटौँडाले मानव बेचबिखनबारे अभिमुखीकरण कार्यक्रम राखेको हो । कार्यक्रममा मानव बेचबिखनको बदलिँदो परिभाषा, नेपालको अबस्था र ग्रामीण भेगहरुमा मानव बेचबिखनका रुपहरुका बारेमा नारी सीप सृजना केन्द्रका तर्फबाट परियोजनाका कार्यक्रम संयोजक ज्योति बम्जनले सहजीकरण गर्नु भएको थियो ।

सुनारीसौँरा नारी कृषक सामुदायिक छलफल केन्द्रका सदस्यहरु तथा स्थानीयबासिन्दाहरुका लागि मानव बेचबिखन न्युनिकरणसम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रम २ नं वडाध्यक्ष सूर्यबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको थियो भने केन्द्रका तर्फबाट फिल्ड संयोजक गीता अर्याल लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here