हात्तीले भत्काएको विद्युतीय झट्काको कन्ट्रोल रुम ।

मनहरी–साउन ९ गते । जंगली जनावरलाई बस्ती प्रवेश निषेध गर्न निर्माण गरिएको विद्युतीय झट्का (फेन्सिङ सिस्टम) भत्काएर मकवानपुरको मनहरी गाउँपालिका ६ जोगीताल हात्तीले दुःख दिन थालेको छ ।

दुई दिनअघि ५ वटा जंगली हात्ती आएर जोगीतालस्थित विद्युतीय झट्काको कन्ट्रोल रुपमा आक्रमण गरेको हो । हात्तीले कन्ट्रोल रुपमा रहेको इन्भर्टर, व्याट्री सहित घरै भत्काइदिएको चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको लोथर उपभोक्ता समितिका सदस्य नारायण श्रेष्ठले बताउनुभयो । विद्युतीय झट्कामा क्षति पु¥याएपछि अहिले दैनिक रुपमा हात्ती बस्ती प्रवेश गरिरहेको छ ।

श्रेष्ठका अनुसार पछिल्ला पाँच दिनको अबधिमा पाँचवटा हात्ती नियमित रुपमा बस्तीमा पस्न थालेपछि गाउँलेहरु आतंकित भएका छन् । उहाँका अनुसार बस्तीमा पसेको हात्तीले ७ बिगाह क्षेत्रमा लगाइएको मकै ३ बिगाह क्षेत्रमा लगाइएको धान खेती नष्ट गरिसकेको छ । अन्नबालीमा पु¥याएको क्षतिबाट १२ घरपरिवार प्रभावित भएका छन् भने स्थानीय ललितबहादुर मुक्तानको घर हात्तीले भत्काइदिएको छ ।

वन्यजन्तु समस्याबाट पीडित गाउँलेहरुको मागपछि जोगीताल क्षेत्रमा विद्युतीय झट्का गत आर्थिक बर्षको अन्तिममा हालिएको थियो । तर, एकमहिनाको अबधिमा झट्का नै भत्काइदिएपछि गाउँलेहरु आतंकित बनेका छन् । चितवन राष्ट्रिय निकुन्ज क्षेत्रबाट जंगली हात्ती गाउँबस्तीमा पस्ने गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here