मनहरी–असार २८ गते । मनहरी गाउँपालिकामा लैंगिक समानता र सामाजिक समावेशीकरण (लैससास) सम्बन्धमा दुई दिने अभिमुखीकरण कार्यक्रम सकिएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको आयोजनमा मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिकाले कार्य सम्पादन तथा योजना तर्जुमा गर्दा गर्दा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सबाललाई दिनुपर्ने महत्वका सम्बन्धमा सहजकर्ता शान्ता बराल र सुशासन केन्द्रका सदस्य रमिला सापकोटाले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले लैससासको अबधारणालाई पूर्ण कार्यान्वयन गर्न सकेमा मात्रै सामाजिक रुपान्तरण प्रक्रिया अलि छिटो अघि बढ्ने बताउनुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाका बिषयगत शाखा प्रमुखहरु, वडा सचिवहरु तथा अन्य कर्मचारीहरु सहभागी हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here