स्वास्थ्य सामग्री हस्तान्तरण ।

हेटौँडा–असार २६ गते । कोभिड १९ दोस्रो लहरको संक्रमणलाई रोक्न विभिन्न गैरसरकारी संस्थाहरुले स्थानीय तहसँग समन्वय र सहयोग गरिरहेको सन्दर्भमा ग्रामीण जागरण तथा विकास संगठन (राडो नेपाल) ले प्रभावकारी सहयोग गरेको छ ।

प्लान इन्टरनेशन नेपालसँग साझेदारी गर्दै स्वास्थ्य, शिक्षा, बालबालिकाको क्षेत्रको काम गरिरहेको राडो नेपालले १० वटै स्थानीय तहलाई कोभिड अस्पताल सञ्चालन गर्न महत्वपूर्ण सामग्रीहरु प्रदान गरेको छ । त्यसै गरी प्लान नेपाल इन्टरनेशनल हेटौँडाका तर्फबाट पनि स्वास्थ्य सामग्रीहरु सहयोग प्रदान भएको छ ।

राडो नेपालका कार्यक्रम संयोजक दीपेन्द्र पाठकका अनुसार थाहानगरपालिकालाई पुनः प्रयोग गर्न सकिने पिपिइ सेट ६० थान, अक्सिमिटर १५ थान, अक्सिजन रेगुलेटर २ थान, सर्जिकल मास्क ४ हजार थान, इलेक्ट्रिक अटो क्लेभ १ थान, फेस सिल्ड ७० थान, थर्माेमिटर ८ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइड्रोक्लोराइड १० लिटर, पन्जा ५ सय जोडी, एन ९५ मास्क ३० थान, नेबुलाईजर २ थान बितरण गरिएको छ ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका लागि पुनः प्रयोग गर्न सकिने पिपिइ सेट ३५ थान, अक्सिमिटर १० थान, अक्सिजन रेगुलेटर २ थान, सर्जिकल मास्क ४ हजार थान, इलेक्ट्रिक अटो क्लेभ १ थान, स्टिमर १० थान, फेस सिल्ड ५० थान, थर्माेमिटर ८ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइड्रोक्लोराइड १० लिटर, पन्जा ५ सय जोडी, एन ९५ मास्क ३० थान, नेबुलाईजर २ थान बितरण गरिएको छ ।

बागमती गाउँपालिकाका लागि पुनः प्रयोग गर्न सकिने पिपिइ सेट २५ थान, अक्सिमिटर ९ थान, अक्सिजन रेगुलेटर १ थान, सर्जिकल मास्क २५ हजार थान, स्टिमर १० थान, फेस सिल्ड ७० थान, थर्माेमिटर ७ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइड्रोक्लोराइड १० लिटर, पन्जा ५ सय जोडी, एन ९५ मास्क ३० थान, नेबुलाईजर १ थान र एचडियु बेड मोनिटर १ थान बितरण गरिएको छ ।

कैलाश गाउँपालिकाका लागि पुनः प्रयोग गर्न सकिने पिपिइ सेट २५ थान, अक्सिमिटर ९ थान, अक्सिजन रेगुलेटर १ थान, सर्जिकल मास्क ४ हजार थान, स्टिमर १५ थान, फेस सिल्ड ७० थान, थर्माेमिटर ७ थान, इलेक्ट्रिक अटोक्लेभ १ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइड्रोक्लोराइड १० लिटर, पन्जा ५ सय जोडी, एन ९५ मास्क ३० थान, नेबुलाईजर १ थान र डिटोल साबुन १५० थान उपलब्ध गराइएको छ ।

मनहरी गाउँपालिकामा पुनः प्रयोग गर्न सकिने पिपिइ सेट ६० थान, अक्सिमिटर १५ थान, अक्सिजन रेगुलेटर २ थान, सर्जिकल मास्क ४ हजार थान, इसिजी मेसिन १ थान, स्टिमर १० थान, फेस सिल्ड ७० थान, थर्माेमिटर ८ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइड्रोक्लोराइड १० लिटर, पन्जा ५ सय जोडी, एन ९५ मास्क ३० थान, नेबुलाईजर २ थान उपलब्ध गराइएको छ ।

भीमफेदी गाउँपालिकामा पुनः प्रयोग गर्न सकिने पिपिइ सेट ५० थान, अक्सिमिटर १५ थान, अक्सिजन रेगुलेटर २ थान, सर्जिकल मास्क ४ हजार थान, इलेक्ट्रिक अटोक्लेभ १ थान, स्टिमर १० थान, फेस सिल्ड ७० थान, थर्माेमिटर ७ थान, सेनिटाइजर २५ बोत्तल, सोडियम हाइड्रोक्लोराइड १० लिटर, पन्जा ५ सय जोडी, एन ९५ मास्क २५ थान, नेबुलाईजर २ थान उपलब्ध गराइएको छ ।

संस्थाले स्वास्थ्य कार्यालय मकवानपुरलाई पिपिई सेट ७५ थान, शब ¥यापिङ ब्याग २५ थान, एन्टिजेट किट २००, भिटिएम १ हजार थान, एन ९५ मास्क २५० थान, फेस सिल्ड २५० थान, ग्लोभ १ हजार ५ सय थान, स्प्रे पम्प ५ थान, सेनिटाइजर २५ लिटर, क्याल्सियम हाइड्रोक्लोराइड ट्याब्लेटसहित ७ लाख ५५ हजार ४ ६१ रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरेको जानाएको छ ।

त्यसैगरी प्लान इन्टरनेशनलबाट प्राप्त भएका सामग्रीहरुमा अक्सिजन सिलिन्डर २ थान बागमती गाउँपालिकालाई २ थान मनहरी गाउँपालिकालाई १० थान थाहानगरपालिकालई, २ थान कैलाश गाउँपालिकालाई, २ थान राक्सिराङ गाउँपालिकालाई र २ थान इन्द्रसरोबर गाउँपालिकालाई बितरण गरिएको छ । ८ वटा हस्पिटल बेड थाहानगरलाई र २ वटा कैलाशलाई प्रदान गरिएको छ भने राक्सिराङ, बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकालाई १०÷१० थानका दरले अक्सिमिटर बितरण गरिएको छ । प्लान इन्टरनेशनलबाटै प्राप्त भएकामध्ये राक्सिराङ र बकैया गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाई ७ हजार थानका दरले सर्जिकल मास्क बितरण गरिएको राडो नेपालका कार्यक्रम संयोजक पाठकले बताउनुभयो ।

स्वास्थ्य सामग्री प्राप्त भएपछि कोभिड अस्पताल सञ्चालनमा सजिलो भएको र स्थानीय सरकारलाई गैरसरकारी संस्थाको तर्फबाट ठूलो सहयोग मिलेको कोभिड अस्पताल मनहरीका व्यवस्थापक ज्योतिराज लुइँटेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here