मनहरी–असार ६ गते । मनहरी गाउँपालिकाले आइतबार शैक्षिक सत्र २०७७ को आधारभुत तह परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

कोभिड १९ को कारण भएको निषेधाज्ञासंगै विद्यालयको पठनपाठन कार्य बन्द भएपछि पहिलो त्रैमासिक परीक्षा, अर्ध वार्षिक परीक्षा, क्लास टेस्ट र शिक्षकको मुल्याङ्कन अनुसार विद्यालयले विषयगत नम्बरहरु उपलब्ध गराइ परीक्षाफल प्रकासन गरिएको मनहरी गाउँपालिकाको शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो ।

आइतबार भएको नतिजामा गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुबा गरि जम्मा ए प्लस ४८ जना, ११४ जना ए, ३२७ जना बि प्लस, १७२ जना बि, २३ जना सि प्लस र ३ जना सि गरि कुल ६८७ जनाले परीक्षा उतिर्ण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here