बरामद भएको गाँजासहित ५ जना मानिस र कन्टेनर ।

मनहरी–असार २ गते । मनहरी गाउँपालिका ६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा हालेर लगिएको झण्डै १ क्विन्टल गाँजा हेटौँडामा प्रहरीले बल्ल बल्ल समाएको छ ।

हेटौँडा ११ थानाभ¥याङमै पक्रिन प्रयास गर्दा भागेको कन्टेनरलाई भूटनदेवी मोडमा पुगेर प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेको १२ पोका अर्थात ९६ किलो ४ सय ग्राम गाँजा र ५ जना मानिसहरु प्रहरीले पक्रेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना २ ख ५५७९ नं को कन्टेनर ट्रकमा गाँजा हालेर मनहरीतर्फबाट मानिसहरु हेटौँडातर्फ जाँदै थिए । सुराकीको आधारमा प्रहरीले पिछा गर्दा थानाभ¥याङमा पक्रने प्रयास गरेको थियो । तर, भागेपछि हेटौँडा १० स्थित भूटनदेवी मोडनजिकबाट पक्राउ गर्न प्रहरी सफल भयो ।

गाँजासहित पक्राउ पर्नेहरुमा कन्टेनर चालक मनहरी गाउँपालिका ६ का २५ बर्षीय सन्तोष आलेमगर, सहचालक सोही स्थानका २१ बर्षीय मोसा घलान रहेका छन् । त्यसैगरी कैलाश गाउँपालिका ८ का २४ बर्षीय उमेश लामा र सोही वडाका २९ बर्षीय रोशन मुक्तान र चितवनको राप्ती नगरपालिका २ का ३१ बर्षीय बिष्णु लामालाई पक्राउ गरिएको छ ।

यतिखेर मनहरी ६ सुनाचुरीका चालक भएको र त्यसतर्फबाट नै गाँजा ओसारपसार अनुमान गरिएको छ । यो घटनापछि मनहरी ६ देखि हेटौँडासम्म रहेका प्रहरी चौकीका प्रहरीले किन गाँजा ओसारपसार देखेन भन्ने सबाल उठेको छ । मनहरी ६ सुनाचुरीमा रहेको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवट समेत क्रसर गरेर गाँजा कसरी हेटौँडा पुग्यो भन्ने प्रश्न उठेको छ ।

निषेधाज्ञाको फाइदा उठाएर प्रहरी ‘सेटिङ’ मिलाउँदै गाँजा ओसार पसार भएको अनुमान गरिएको छ । यद्यपि, यसबारे प्रहरीले अनुन्धान जारी राखेको छ । स्मरणीय कुरा के छ भने प्रहरीले निषेधाज्ञाको कार्यान्वयन राम्ररी गरेको छैन । फिल्डमा प्रहरी भेटिन मुश्किल परिरहेको र अनाहकमा सामान किनमेल गर्न आउने अटो र साधारण जनतालाई दुःख दिइरहेको आरोप प्रहरीमाथि लागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here