मनहरी–जेठ ३१ गते । मानव अधिकार समूह मनहरीले मनहरी गाउँपालिकालाई ज्ञापन पत्र मार्फत विभिन्न सुझावहरु पेस गरी नयाँ बजेटमा मानव अधिकारको प्रत्याभूतिका लागि आग्रह गरेको छ ।

मानव अधिकार र सुशासनका लागि गाउँपालिका तहमा गठित मानब अधिकार समूह मनहरीले इमेलमार्फत सुझावहरु पठाएको हो ।
समूहका गाउँपालिका अध्यक्ष विमला गोपालीले पेस गर्नु भएको ज्ञापन पत्रमा आर्थिक बर्ष २०७७–७८ अन्त संगै नर्या आर्थिक बर्षको लागि बजेट निर्माण गरी गाउँसभामा पेश गर्ने प्रकृया अघि बढेको सन्दर्भमा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने सुझाबहरुलाई समावेश गर्न आग्रह गरिएको छ ।

आगामी नीति तथा कार्यक्रममा कोरोनाको कारण ज्यान गुमाएका परिवारलाई राहत सहयोग, रोजगार गुमाएकाहरुको स्वरोजगारीका लागि अनुदान, सहुलियतपूर्ण ऋण लगानीको व्यवस्था गर्न समूहले आग्रह गरेको छ ।

त्यस्तै निषेधाज्ञाको कारण प्रभावित किसानहरुको उत्पादन बिक्री, वितरण तथा उनीहरुलाई राहत सुविधाको लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गर्न, कोरोना कै कारण तहस नहस भएका शिक्षा स्वास्थ्यको पुनर्ताजगीका लागि उचित कार्यक्रमहरु घोषणा गरी जनताको स्वास्थ्य, शिक्षाको अधिकारलाई संसक्षण गरी मानव अधिकारको प्रत्याभुति गराउन ज्ञापन पत्रमा सुझाब पेश गरिएको छ ।


यसैगरी हेटौँडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूहले पनि उपमहानगरपालिकालाई शिक्षा, स्वास्थ्य, खाद्यान्न लगायतका क्षेत्र सुधारहरु गरी जनताको अधिकारको रक्षार्थ आगामी नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गरी सुझाव पेस गरेको इन्सेकका सहजकर्ता सलीना गौतमले बताउनुभयो । इन्सेकले मनहरी र हेटौँडा उपमहानगरपालिकामा शिक्षा, स्वास्थ्य, आवास र कृषि क्षेत्रको अधिकारका निम्ति काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here