खाद्यान्न बुझेर घरतर्फ लाग्दै स्थानीयबासिन्दा ।

राक्सिराङ-जेठ ३० गते । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ८ स्थित बिकट बस्तीमा रहेका चेपाङ, तामाङ तथा दलित समुदायका मानिसहरुलाई खाद्य सामग्री बितरण गरिएको छ ।

लिसा हिमालया इभी जर्मनीको सहयोगमा दिगो विकासका लागि एकता नेपालले शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम–२ अन्तर्गत २४४ घरपरिवारलाई खाद्य सामग्री बितरण गरेको हो ।

राक्सिराङ गाउँपालिकाले वडा नं ८ को पाङबुङ, घैराङ, गढीडाँडा, दिग्ना, कदमखोला, भाबुङ, लाक्राक, तान्द्राङ, पुरानोबारी, जिनारी, टोड्के, महांकाल, घनबास र मुसिटोलका अत्यन्त बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिदिन आग्रह गरेपछि परियोजना अन्तर्गत खाद्यान्न बितरण गरिएको लिसा हिमालया इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले जानकारी दिनुभयो । खाद्यान्न चामलसँगै दाल, नून र तेल पनि बितरण गरिएको थियो ।

दिगो विकासका लागि एकता नेपालले लिसा हिमालया इभीसँगको साझेदारीमा राक्सिराङ गाउँपालिकाको दुर्गम वडाहरु ६, ७ र ८ (साबिक काँकडा गाविस) मा लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ । कार्यक्रम अन्तर्गत सयौँ बालबालिकाले दिवाखाजा, पोशाक, स्टेशनरी, सरसफाईका सामग्री प्राप्त गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here