हस्तान्तरण कार्यक्रम ।

कैलाश–जेठ २९ गते । लामो समयदेखि मकवानपुरको कैलाश गाउँपालिकामा क्रियाशील सांग्रिला डेभलपमेन्ट एशोसिएसनले ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाको व्यवस्थापनमा चलिरहेको आइसोलेसनसहित अन्य ३ वटा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानलाई एसोसिएसनले हस्तान्तरण गरेका सामग्रीहरुमा अक्सिमिटर २५ थान, १० थान अक्सिजन सिलिन्डर, सर्जिकल मास्क ९ हजार थान, एन ९५ मास्क ५० थान, पुनप्रयोग गर्न मिल्ने पिपिई ६ थान, सेनिटाइजर ७५ बोत्तल र थर्मल गन ६ थान रहेका छन् ।

त्यसैगरी एन्टिजेन किट ५ सय थान, डिजिटल थर्माेमिटर २६ थान, ह्यान्ड वास ७५ बोतल, लेटेक्स पन्जा ३७ सय थान, निसंक्रमण केमिकल ५ लिटर, निसंक्रमण स्प्रेयर १ थान, बाल्टिन ११ थान, डस्ट बीन ११ थान, अटो क्लेव १ थान एसोसिएसनका तर्फबाट गाउँपालिकालाई प्रदान भएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफ्ना सबै स्वास्थ्य चौकी र आइसोलेसनबाट एन्टिजेन किटमार्फत कोरोना परिक्षणलाई एकसाथ सुरुवात गर्ने तयारी गरिएको र प्राप्त सामग्रीहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने अध्यक्ष मुक्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here