मनहरी–जेठ २४ गते । मनहरी गाउँपालिका ७ स्थित मनहरी अस्पताल ठूलो परिमाणको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
बोधिसत्व बिहार को सह्योगमा नेपाली काङग्रेसका नेता भरत पराजुलीको संयोजकत्वमा मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई साँढे दुई लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । नेपाली काङ्ग्रेसका नेता प्रकाश बर्तौलाको बिशेष पहलमा काठमाडौबाट सामग्रीहरु ल्याएर प्रदान गरिएको ।
अस्पताललाई पिपिइ ५० थान, केएन नाइन्टी फाइभ मास्क २५० थान, सर्जिकल मास्क १ हजार थान, सर्जिकल पन्जा २५० थान, टप ग्लोभ्स ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर २ थान, थर्मल गन १ थान, फेस सिल्ड ७५ थान, सेनिटाइजर ५० लिटर, तरल ह्यान्ड वास ५० लिटर लगायतको सामग्री पदान गरिएको हो ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, काङ्ग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेती, तरुण दल जिल्ला उपाध्यक्ष निराजन बर्तौला, तरुण सहसचिव निर शंकर लामा, तरुण नेता युवराज सुवेदी, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्रका अध्यक्ष नारायण सुवेदी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ, समाजसेवी तेजराज उप्रेती, मनकामना सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष चन्द्र बहादुर पौडेल, समाजसेवी रामकुमार पुडासैनी लगायत स्वास्थ्यकर्मीहरु सहभागी थिए ।