राक्सिराङ–बैशाख ३१ गते । कोभिड १९ का कारण पहिलोपटक राक्सिराङ गाउँपालिकामा एकजनाको ज्यान गएको छ । ज्यान जाने महिला राक्सिराङ गाउँपालिका निबासी होइनन् ।
हेटौँडा ५ घर भएकी महिलाको राक्सिराङ ५ स्थित राक्सिराङ अस्पतालमा ज्यान गएको हो । उहाँलाई हेटौँडामा अक्सिजन अभाव भएपछि राक्सिराङ लगिएको थियो ।
अस्पतालमा रहेका २ मध्ये एकजनाको ज्यान गएको गाउँपालिकाले जनाएको छ । मृतकका आफन्त राक्सिराङ गाउँपालिकामा कार्यरत कर्मचारी रहेकाले थप स्याहारका लागि राक्सिराङ अस्प्ताल ल्याइएको बताइएको छ ।